आगलागी पीडितलाई राहत उपलब्ध गराउन प्रचण्डको माग
फाइल फाेटाे।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँके जिल्लाको नरैनापुर गाउँपालिका–४ खोदवामा भएको भीषण आगलागीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी शनिबार लागेको आगलागीका कारण पिछडिएको गाउँपालिकाका रूपमा सूचीकृत नरैनापुरमा न्यूनतम ११५ घरधुरी जलेर नष्ट भएको भन्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सो गाउँपालिकाका विभिन्न वडामा विगत एक महिनामा ठूलाठूला आगलागीका घटना भएका छन् । आगलागीबाट पीडितको तत्काल उद्धार, राहत र पुनर्वास तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि अध्यक्ष दाहालले सरकारसँग विशेष आग्रह गरेका छन् ।
घनाबस्ती तथा फुसका छाना भएका असुरक्षित आवासका कारण त्यहाँका बस्तीमा बर्सेनि आगलागीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सो बस्तीलाई सुरक्षित गर्ने दीर्घकालीन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी रहेको बताएका छन् । अध्यक्ष दाहालले तीनवटै तहका सरकारले तात्कालिक र दीर्घकालीन योजनासहित आगलागी र डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
No ads found for this position



Facebook Comment