श्रीलंका पुलिस क्लबमाथि आर्मी क्लबको शानदार जित तस्वीरमा (फोटो फिचर)

डिसी नेपाल
२६ चैत २०७७ १०:४३

काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप २०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो चरणमा प्रवेश गरेको हो।

आर्मीका लागि नवयुग श्रेष्ठले २ गोल गरे भने सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक–एक गोल गरे। श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए।

अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ। उक्त खेल बैशाख १ मा हुनेछ। भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ।

प्ले अफको विजेताले समूह चरणको समूह डी स्थान बनाउने छ। समूह डी मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन छन्। यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछन्।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो। सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाइसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो।

 

तस्वीर : एन्फा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *