सौच गर्न गएकी ९ वर्षीया बालिकाको विभत्स हत्या

डिसी नेपाल
२६ चैत २०७७ १८:२३

मुगु। मुगुको सोरु गाँउपालिका—९ कालै गाँउकी नौ वर्षीया एक बालिकाको विभत्स हत्या भएको छ। सो हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोरु गाँउपालिका—९ कालै स्थाई ठेगाना हाल सोही गाँउपालिका—८ तारानीमा अस्थाई बसोबास गर्दै आएका सिद्धीलाल चौलागाइकी नौ बर्षिया छोरीको हत्या आरोपमा सोही गाँउपालिका—८ का २० वर्षीय प्रबेश रावल पक्राउ परेका छन्। प्रहरीले ती बालिकाको हत्या चैत २१ मा भएको जनाएको छ।

घरबाट अन्दाजी पाँच सय मिटर टाढा घाट भन्ने स्थानमा बालिका सौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले सौच गरेको स्थानमा बलत्कारको प्रयास गर्न खोज्दा बालिकाले ईन्कार गरेपछि रावलले धकेलेर ढुङ्गामा पछार्दा बेहोस भएको र बेहोस भएकै अबस्थामा घटन स्थल नजिक रहेको मुगु कर्णालीमा बालिकालाई फालेर बगाएको प्रहरले जनाएको छ। आरोपी रावलले आरोप स्वीकार गर्दै क्राइम सिनबारेसमेत प्रहरीलाई जानकारी दिएका छन्। आरोपी रावलले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मुगुका नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए।

दिउँसो आमासंग घर नजिकको खोलामा नुवाई धुवाई गरेकी बालिका बेलुकी ५ बजे तिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए। बालिकाको पछी पछी आरोपित रावल स्थानीय पसलबाट दुई पोका चाउचाउ किनेर गएको र घट्ना भएको घाट भन्ने स्थानमा बालिका सौच गर्न लागेका बेला आरोपित रावलले बलत्कार प्रयास गर्न खोज्दा बालिका चिच्याउन खोजेपछि आरोपितले धकेले प्रहरीको अनुसन्धानबाट खुलेको छ। ढुङ्गामा बजारिँदा बेहोस भएकी बालिकालाई आरोपितले खोलामा बगाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट चाउचाउको दुई पोका, बालिकाको निलो रङको एक जोडा चप्पल समेत प्रहरीले बरामद गरेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्ष नरेश बिकले बताए।

बालिकाका बुवा शिद्धिलाल ब्यापारका शिलशिलामा जिल्ला बाहिर रहेका छन। घटना भएको दिन राति अबेरसम्म बालिका घर नफर्केपछि बालिकाको आमाले खोजतलास गरेकी थिइन्। २२ गते बिहानसम्म बालिका घर नर्फर्केपछि घरपरिवार लगायतत छिमेकीहरु खोजीमा लागेका थिए।

बालिकाको कतै पत्तो नलागेपछि आफन्तले प्रहरीलाई समेत जानकारी गराएका थिए। प्रहरी र स्थानीयहरु खोजीमा संलग्न थिए। २३ गते बिहान ७ बजे घटनास्थल आसपासमा माछा मार्न गएका स्थानीयले बालिकाको शव कर्णाली नदिमा अड्किएको देखेपछि परिवार र प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीको अनुसन्धानले घट्नामा संलग्न देखिएका प्रबेश रावललाई चैत्र २४ गते बेलुका तारापानीबाट पक्राउ गरेको हो। आफनो बहिनीको बलत्कारको प्रयासपछि हत्या भएको भन्दै बुधबार बालिकाका दाजु धनराज चौलागाईले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्। घटनाको थप अनुसन्धानका लागि आरोपितलाई १० दिनका लागि प्रहरी हिरासतमा राख्न जिल्ला अदालत मुगुबाट २४ गते अनुमति लिई थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

बालिकाको हत्या गरिएको भन्दै बालिकाका आफन्त तथा अधिकारकर्मिहरुले शव भेटिएकै दिनबाट जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा संलग्न अपराधीलाई कडा कारबाही र बालिकाको घरपरिवारलाई क्षतिपुर्तिको माग राखेका छन्।

घटनामा संलग्नलाई हदैसम्मको कारवाही, उचित राहत र छोरीहरुको सरक्षाको माग राख्दै बुधबार काठमाडौंस्थित माइतीघर मण्डलामा विद्याथी तथा अधिकारकमीहरुले लक्ष्मीको आत्मको शान्तिको कामना गदै विरोध प्रर्दशन गरेका थिए भने बुधबारै एक विज्ञप्ती निकाल्दैै नेपाल विद्याथी संघ केन्द्रीय समितिले घटनाको सत्य तथ्य अनुन्धिान गर्न र हत्यारालाई कानुन बमोजिम हदैसम्मको कारवाहि गर्न सरकारसँग माग समेत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *