देउताको कसमले खुल्यो जिउँदै बालिका कर्णालीमा फालेको रहस्य

डिसी नेपाल
२७ चैत २०७७ १८:१६

मुगु। अपराधीको नत धर्म हुन्छ, न नाता, न धनी न गरिव। अपराधीले अपराध लुकाउन जति प्रयास गरे पनि उसले गरेको अपराध कर्मले बाटो दिँदैन। मुगुका प्रवेश रावलले अपराध लुकाउन जति प्रयास गरे पनि उनी सफल भएनन्। उनको अपराधकर्मको पर्दा उनकै मुखबाट खुल्यो।

यही चैत २१ गते बलात्कार प्रयासपछि हत्या गरिएकी मुगु सोरु गाँउपालिका वडा ९ कालै गाँउका १० वर्षीया बालिका लक्ष्मी चौलागाईका हत्याका आरोपीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई देउताको कसम खुवाए।

आरोपीलाई प्रहरीले २४ गते पक्राउ गरेपछि घटना सम्वन्धि केरकार गर्दा आरोपीले आफूलाई कुटपिट नगर्ने सर्तमा वडा नं ८ रुम गाँउमा रहेका चर्चित रुम विजयी देउताको कसम खुवाउन लगाएको र आफुले पनि सत्य बाहिर आउने विश्वासमा कसम खाएको अनुसन्धानको नेतृत्वमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बताए।

उनले भने, ‘अपराधीको देउता प्रतिको विश्वास देखेर मलाई अचम्म लाग्यो। जब मैले रुम विजयी देउताको कसम खाएँ तब उस्ले फटाफटा घटना बारे ओकल्न थाल्यो, उस्ले भने अनुसारका प्रमाण खोज्दा यर्थात भेटिए उस्ले पनि देउताको विश्वासमा सबै कुरा नढाँटी भन्यो।’

यसरी भयो लक्ष्मीको हत्या

प्रहरीका अनुसार २१ गते विहानको खाना खाएपछि बालिकाकी आमा र छोरी नुहाई, धुवाई गर्न मुगु कर्णालीमा गएका थिए। करिब २ बजे तिर घर आएका आमा छोरीले केहि समय घरमा खाजा खाएपछि आमा वेलमती चौलागाई गिट्टी कुटन निस्किइन् भने छोरी छिमेकीको आँगनमा साथीहरुसँग खेल्न गइन्। साथीहरुसँगै खेलिरहेको केहि समयपछि लक्ष्मी सौच गर्न बजारभन्दा केहि मिटर तल घाट भन्ने स्थानमा पुगिन्।

आरोपी प्रवेश रावलले बजारको एक पसलमा २ वटा रिनटिन चाउचाउ किने। उनको हातमा एक बोतल स्थानीय रक्सी हुन्छ। चाउचाउसँग रक्सी पिउँदै ऊ पनि लक्ष्मी सौच गर्न गएको ठाँउतिर जान्छ। जब ऊ लक्ष्मी सौच गरिरहेको नजिक पुग्छ लक्ष्मी हतार हतार सौच गर्न छोडेर उठछिन र स्थानीय भाषामा भन्छिन्, ‘हग्न लागेको देखिनई, लाज मान्दैनै छोरी हग्न बसिया ठाँउ आउन।’

यती भन्दै गर्दा एक्कासी आरोपी रावलले लक्ष्मीलाई च्याप्प समाउँछ। जब बालिका आरोपीको कब्जाबाट फुत्कन कराउन थाल्छिन्, रिसले उसले बालिकालाई धकेल्छ। यसरी धकेल्दा बालिका नदिको छेउ मै रहेका ढुङगाहरुमा बजारिन्छिन् र बेहोस हुन्छिन्।

रक्सि र यौनको उत्मातमा रहेको आरोपी रावल बालिकालाई बेहोस देखेपछि डराउँछ। उसले बालिकालाई हल्लाउछ जति हल्लाए पनि बालिका होसमा नआएपछि पोल खोलिने डरले बालिकालाई बेहोसि अवस्था मै नदिमा बगाउँछ। जब बालिका नदिमा फालिन्छन् उनको होस आउँछ र बचाउन हात हल्लाउछिन्।

आरोपी पनि बालिकालाई बचाउन नदिमा आधा भिजेर पस्छ, बालिकालाई समाउन खोज्दै गर्दा घटना स्थलमाथि गाई, गोरु वा भेडाबाख्रा हिडेको आवाज सुनेपछि घटनाको पोल खोलिने डरले बालिकालाई नबचाई ऊ घरतर्फ लाग्छ। बाटोमा स्थानीय एक व्यक्तिले ५ बजेतिर ‘किन कर्णालीमा गएको’ उसले ‘माछा मार्न गएको तर नदि छेउमा भेटाइन भिजे मात्र’ भन्छ।

घटना स्थलमा बालिकालाई पर्छादा बालिकाले लगाएको निलो रंगका चप्पल खुट्टाबाट फुत्कन्छन् भने आरोपीले खाँदै आएको चाउचाउका पाकेट पनि बालिकालाई समाउँदा उसले घटना स्थलमा छोड्छ।

अपराधी नजिक यसरी पुग्यो प्रहरी

२१ गते हराएकी बालिकालाई स्थानीय र कालै प्रहरी चौकीका प्रहरीहरुले २३ गते ६ बजेसम्म खोजी गरेपनि कतै भेटाएनन्। सोही दिन अन्दाजी साँझ ७ बजे तिर प्रहरीलाई खबर आयो बालिकाका शव नदिमा अड्किएको अवस्थामा माछा मार्नेहरुले देखे। खबर पाएपछि प्रहरी नायव निरीक्षक चित्र बहादुर भट्टराईले घटनास्थल नजिकै रहेको कालै प्रहरी चौकीमा घटनास्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी खटाए।

रातभर प्रहरीले नदिको छेउमा बालिकाको शव र ठाँउको सुरक्षा दियो। २४ गते बिहानै डिएसपी भट्टराई सहितको टोली घटनास्थल तारापानी घाट पुग्यो। स्थलगत सबै मुचुल्का उठाएर पोष्ट मार्टमका लागि बालिकाको लास जिल्ला अस्पताल मुगुमा लिने व्यवस्था मिलाएर घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षक नरेश विकको जिम्मा छोडी उनी जिल्ला फर्किए।

अनुसन्धानको जिम्मा पाएका प्रहरी निरीक्षक विकसहित ८ जनाको टिमले घटनास्थलमा भेटिएका चाउचाउका पाकेटबाट अनुसन्धान शुरु ग¥यो। तारापानी बजारमा चाउचाउ पाइने २ वटा पसलमा २१ गते साँझ ५ बजेतिर को को ले चाउचाउ किन्न आए भनेर सोधखोज गर्दा एक व्यापारीले आरोपी रावलले २ पाकेट रिनटिन चाउचाउ किनेर लगेको र बालिका लक्ष्मी गएकोे तिर उ गएको बताए।

चाउचाउ किन्न आउदा उ रक्सी खाएर मातेको थियो भनेर समेत व्यापारीले भने। व्यापारीले बताए अनुसार प्रहरीले आरोपी रावललाई खोज्यो। गाँउले कै नयाँ बनाउन लागेको घरमा ज्यामी काम गरिरहेका अवस्थामा उनलाई प्रहरीले २४ गते नै नियन्त्रणमा लियो। शुरुमा केहि भन्न नमानेको उसले आपूmलाई नपिटने सर्तमा प्रनि विकलाई देउताको कसम खान लगायो। अनुसन्धान गर्न सजिलो र अपराधी नजिक छिटो पुग्ने आसमा आफुले कसम खाएको प्रनि विकले बताए।

प्रतिवादीले बताए अनुसार सबै प्रमाण मिलेपछि हत्यारा रावल नै भएको भन्नेमा प्रहरी विश्वस्त छ। उसले बताए अनुसार बलात्कार प्रयासपछि हत्या भयो वा बलात्कारपछि हत्या ग¥यो त्यो भने बालिकाको पोष्टमार्टम रिर्पोट रिपोर्ट आएपछि पुष्टी हुने पनि प्रहरीले बताएको छ।

आफन्तले दिए किटानी जाहेरी

मृतक बालिकाका वुवा सिद्घिलाल चौलागाई घर बाहिर रहेकाले जाहेरी दिने कोही घरका नभएपछि मृतक बालिकाका काका मयलाल चौलागाईका छोरा धनराज चौलागाईले २४ गते नै रावलविरुद्घ जाहेरी दिएको डिएसपी भट्टराईले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *