कर्णाली प्रदेशका मन्त्रीहरुलाई जिम्मेवारी थप

डिसी नेपाल
३० चैत २०७७ २१:२९

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुलाई रिक्त मन्त्रालयको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री शाहीले प्रदेशप्रमुखको कार्यालयमा रिक्त मन्त्रालयको जिम्मेवारी  थप गर्न सिफारिस गरेका थिए ।

प्रदेशप्रमुखको कार्यालयले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीलाई आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको जनाएको छ ।

कर्णाली प्रदेशसभाको ठूलो दल नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमाले दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीले राजीनामा दिइसकेका छन् । एमालेले समर्थन फिर्ता लिएको मितिले ३५ दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । वैशाख ३ गते एमालेले समर्थन फिर्ता लिएको ३५ दिन पूरा हुने हुँदा उक्त बैठकलाई चासोका साथ हेर्न थालिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *