घाँस काट्न गएका महिलाले चितुवा देखेपछि…

डिसी नेपाल
३१ चैत २०७७ ६:३२
232
Shares

दमाैली। तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट साेमबार चितुवा नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो।

कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए। महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए। डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। अन्दाजी ३५÷४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ।

तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *