‘स्याक्रड समिट्स’को आयोजनामा काठमाडौंदेखि पोखरासम्म ‘पोकर रन’

डिसी नेपाल
३१ चैत २०७७ २१:४१

काठमाडौं। नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ । नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो ।

नेपाली नयाँ वर्षको पुर्वसन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रमको सोमबार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले फ्ल्याग अफ गरी शुभारम्भ गरेका हुन् । पोकर रन काठमाडौंबाट पोखरासम्म हुनेछ ।

कार्यक्रममा बोल्दै डा. रेग्मीले कोभिडको कारण पर्यटन क्षेत्र प्रभावित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनुपर्ने बताए । उनले यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुकासाथै आन्तरिक पर्यटन चलायमान हुने बताए।

“कोभिडको कारण अहिलेको परिस्थतीमा अन्तरराष्ट्रिय पर्यटक आगमन कम हुनेहुँदा हामीले कुनै न कुनै रुपमा यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन आवश्यक छ ।” उनको भनाइ थियो । वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे काजीले पोकर रन जस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले कोभिडको कारण थलिएको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमा समेत विकास हुदै गईरहकेको सन्दर्भमा पोकर रनले पर्यटनको नयाँ प्रडक्ट विकास गरेको जानकारी दिए। थापाका अनुसार अघिल्ला वर्षमा विदेशबाट पनि यात्रुहरु सहभागी भएपनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १५० जनालाई मात्र सहभागी गराइएको छ । फोकर रनमा गतवर्ष ४०० जनासम्म सहभागी भएको थापाले जानकारी दिए ।

‘मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो,’ थापाले भने । “मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुन्छ । कोभिडले थलिएको पर्यटनलाई यसले थोरै भएपनि चलायमान बनाउने छ ।’ यात्रुहरू सोमबार बिहान काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेका छन । साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम गरी दुई दिन पछि काठमाडौं फर्किने आयोजकले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *