विशेष अधिवेशन माग

डिसी नेपाल
२ वैशाख २०७८ २३:१०
40
Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको छ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले बिहीबर नै प्रदेश प्रमुखको कार्यालय पुगी विशेष अधिवेशन माग गरिएको समावेदन पत्र दर्ता गराएका हुन् । उक्त अवसरमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यलगायत दलका प्रदेशसभा सदस्यको उपस्थिति थियो।

हिउँदै अधिवेशन चलिरहेको अवस्थामा सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १ गते रातको १२.०० बजेदेखि अधिवेशन अन्त्य गरेका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *