संसारकै लामो कपाल भएकी किशोरीले ‘विशेष कारणवश’ १२ वर्षपछि कपाल काटिन्

डिसी नेपाल
४ वैशाख २०७८ १०:५८

काठमाडौं। विश्वकै सबैभन्दा लामो कपाल भएकी किशोरीको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाइसकेकी किशोरीले अन्ततः १२ वर्षपछि कपाल काटेकी छिन् । भारतको गुजरातकी १९ वर्षीया निलांशी पटेलले विशेष कारणवश कपाल काटेकी हुन् । निलांशीको कपाल ६ फिट ३ इन्ज लम्बाइको थियो ।

गिनिज वर्ल्ड रेकर्डले निलांशीको कपाल काट्दै गर्दाको भिडियो सार्वजनिक गरेको छ । ६ अगष्ट २००२ मा जन्मिएकी निलांशीले पहिलो पटक नोभेम्बर २०१८ मा गिनिज बुकमा आफ्नो नाम लेखाएकी थिइन् । इटलीमा एक कार्यक्रममा उनको कपालको लम्बाइ नापिएको थियो जुन ५ फिट ७ इन्च थियो । त्यतिबेला उनले अर्जेन्टिनाकी किशोरीको रेकर्ड तोडेकी थिइन् । त्यसपछि सेप्टेम्बर २०१९ मा ६ फिट ३ इन्चको कपालको साथ निलांशीले आफ्नै रेकर्ड तोडेकी थिइन् ।

निलांशीले ६ वर्षको उमेरमा पछिल्लो पटक आफ्नो कपाल काटेकी थिइन् त्यसपछि उनले कपाल काटेकी थिइनन् । १२ वर्षपछि निलांशीले परोपकारको लागि आफ्नो कपाल काटेकी हुन् । निलांशीले आफ्नो काटिएको कपाल अमेरिकाको एक संग्रहालयमा पठाउनेछिन् । उनले आफ्नो कपाल क्यान्सरपीडित बालबालिकाको लागि दान गरेकी हुन् ।

उनले अरु पनि क्यान्सरपीडितका लागि कपाल दान गर्न प्रेरित होउन् भनेर यस्तो गरेको बताएकी छिन् । उनका अनुसार उनकी आमाले पनि आफ्नो कपाल काटेर दान गर्नेछिन् । गुजरातको मोडासाकी निलांशी आफ्नो कपालका कारण चर्चित छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *