बाैरिँदै गरेकाे साैराहा फेरि सुनसान {फाेटाेफिचर}
चितवन।नेपाली नयाँ बर्षको अघिल्लो दिनसम्म बाक्लै चहलपहल हुन थालेको सौराहा कोरोनाको दोश्रो लहरसँगै सुनसान हुन थालेको छ। सौराहालाई कोरोनाको कारणले पहिला पनि करिव छ महिना थला पर्यो। बाह्य र आन्तरिक पर्यटनमा आश्रित सौराहाका धेरै होटल तथा पर्यटन व्यवसाय बिगत ३ महिनादेखि बिस्तारै बौरिन थालेका थिए।

चितनवमा पर्यटकले सहज रुपमा हेर्न पाउने गैंडा हो। यो बर्ष गैडाको संख्या बढ्यो पनि। चितवन राष्ट्रिय निकुञ्जमा गैडाका संख्या बढेपछि स्थानीयहरुमा उत्साह छाएको थियो। जंगल सफारी, नौका विहार, हात्ती, गोही तथा बिभिन्न चराचुरुङ्गी अवलोकनका लागि प्रसिद्ध सौराहा कोरोनाको दोश्रो लहरका कारण फेरी सुनसान हुँदैछ।



No ads found for this position
प्रतिक्रिया



Facebook Comment