उज्यालो भविष्यतर्फ नेपाली क्रिकेट

उपेन्द्र शाही
११ वैशाख २०७८ १८:०२

काठमाडौं। नेपालले पहिलो पटक अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जितेको छ। आफैँले आयोजना गरेको त्रिकोणात्मक टी–ट्वान्टी श्रृंखलाको फाइनलमा पाहुना टोली नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलो पटक उपाधि उचाल्यो। यो नेपाली क्रिकेट इतिहासमै सबैभन्दा धेरै अन्तरको जितको कीर्तिमान पनि हो। यसअघि ११ वर्ष पहिले नेपालले सागमा भुटानलाई १४१ रनले हराएको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा अन्तराष्ट्रिय टी–ट्वान्टीमा नेपालले विपक्षी टिमका सामु आजसम्मकै विशाल २३८ रनको लक्ष्य प्रस्तुत गर्यो। यो नै नेपालले बनाएको हाइ स्कोर हो। यसअघि नेपालले भुटानलाई गत वर्ष भएको सागमा २३६ को लक्ष्य दिएको थियो।

यो सिरिजबाट नेपालले खुशि मात्रै दिएन, नेपाली किक्रेटको भविष्य उज्जवल र मजबुत छ भन्ने कुरा पुष्टि पनि गरेको छ। कुनै समय पूर्व कप्तान पारस खड्काको वरिपरि घुम्ने नेपाली क्रिकेटको प्रर्दशन यसपाली त्यो भन्दा बेग्लै देखियो। नयाँ युवा खेलािडीको प्रर्दशनले नेपाली क्रिकेट समर्थकलाई आइपिएल नै बिर्सायो। सबैभन्दा ठूलो उपलब्धी लामो समयदेखि नेपाली क्रिकेटमा देखिएको ओपनिङ जोडिको समस्या अब टप प्रतिस्प्रधामा गएको छ र नेपालको ब्याटिङ मजबुत देखिएको छ।

लामो समयदेखि समस्याका रुपमा देखिएको नेपालको व्याटिङमा यसपाली निकै सुधार देखियो। यसमा प्रशिक्षक डेभ वाटमोरको ‘जुवा’ पनि धेरै हदसम्म फलदायी देखियो। उनले सुरुकै खेलमा नेदरल्याण्डसँग टीमको नयाँ ओपनिङ जोडी पठाए जुन नेपालका लागि एकदमै फलदायक सावित भयो। त्यसपछि त नेपाली व्याटिङ अर्कै लेभलको देखियो। ओपनिङ जोडी नेपालका लागि ढुङ्गा खोज्दा देवता भेटिए जस्तै भयो।

धेरैले नेपाली व्याटिङ भएन, व्याटिङ भएन भन्दै गर्दा नयाँ प्रशिक्षक वाटमोरले युवा जोडीमाथि विश्वास गरे र नयाँ जोडीलाई ओपनिङमा पठाए। युवा ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले देखाएको विस्फोटक र अक्रामक प्रर्दशनले नेपालले ठूलो स्कोर बनाउन सफल भयो। पाँच खेल मध्ये यो नयाँ ओपनर जोडीले एक खेलमा बाहेक राम्रो शुआत दिलायो। तीन खेलमा अर्धशतकीय साझेदारी गरेको यो जोडीले शुरुदेखि नै विपक्षी बलरमाथि हावी भएर ब्याटिंग गर्यो। जसले गर्दा पछाडि आउने ब्याट्सम्यानले पनि खुलेर खेल्ने अवस्था बन्यो।

नेपाली ब्याटिङ लाइनमा देखिएको अप्रोचमा यसपाली एकदमै सुधार देखियो। सात नम्बरमा आउने करण केसी विश्व इतिहासकै कम बलमा हाफ सेन्चुरी हान्नबाट चुके। यसले पनि नेपाली व्याटिङ कति बलियो छ भन्ने कुरा प्रमाणित हुन्छ।

नेपालले सिरिजमा भएका ५ वटा खेलमा ३ वटामा पहिले व्याटिङ गर्यो। र तीनवटै खेलमा २०० भन्दा माथि रन बनायो। टी ट्वान्टीमा २०० भन्दा माथिको स्कोरलाई विशाल मानिन्छ। २ वटा खेलमा पछाडि ब्याटिंग गरेको नेपालले ९ विकेटको जित हात पार्यो।

खासगरी नेपालका लागि विश्व कीर्तिमान कायम गरेका कुशल भुर्तेलको प्रर्दशन अविश्वासनीय रह्यो। उनले सिरिजका पाँच खेलमध्ये चारवटा खेलमा अर्धशतक बनाए भने तीन खेलमा लगातार म्यान अफ द म्याच भए। म्यान अफ द सिरिज उनकै नाममा रह्यो। यस्तै यो सिरिजमा आसिफ सेखले देखाएको सम्भावना, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, कुशल मल्ल, कमल सिंह ऐरिको प्रर्दशन निकै तारिफ योग्य रह्यो।

बलिङमा भएको सुधार तारिफ योग्य छ भने, फिल्डिङमा कता कता नपुग भएको जस्तो देखियो। तर, पनि नेपाली फिल्डिङमा नयाँ उदाहरण सेट गरिरहेका दिपेन्द्र सिंह ऐरी जस्ता फिल्डरले गरेको प्रर्दशनले नेपालको क्षमता स्पस्ट गरेको छ।

नेपाली क्रिकेटमा प्रशिक्षक वाटमोरको छाप पनि स्पस्ट देखिएको छ। समग्रमा यो सिरिजमा युवा खेलाडिहरुले देखाएको प्रर्दशनले नेपाली क्रिकेटको भविश्य सुनौलो छ भन्ने देखाएको छ। नेपालीलाई क्रिकेटमार्फत धेरै खुसीका सपना देखाएर गएको छ। क्रिकेट नबुझ्नेले पनि क्रिकेट हेर्न थालेका छन्।

जारी प्रतितियोगामा सवाधिक विकेट लिने खेलाडीको सूचीमा नेपाली बलर सन्दीप लामिछाने रहे। उनले १३ विकेट लिए। धेरै विकेट लिने टप फाइभमा नेपालका चार बलर छन्। क्रकश दोस्रोमा करण केसी ७ विकेट, तेस्रो कलमसिंह ऐरी ५, चौथोमा सोमपाल कामीले ५ विकेट लिएका छन्।

यस्तै सर्वाधिक रन बनाउने सूचीमा नेपालका कुशल भुर्तेल रहे। उनले २७८ रन बनाए। तेस्रो नम्बरमा आसिफ शेख रहे। उनले १५४ रन बनाउँदा चौथोमा रहेका दिपेन्द्रसिंह ऐरीले १४७ रन बनाए।

मैदानमा युवा खेलाडिले उत्कृष्ट प्रदर्शन गरेर क्रिकेटको भविष्य सुनौलो बाटोमा हिँडिरहेको देखाउँदा नेपाली दर्शकले पनि अपार मायाँ देखाए। कोरोनाका कारण शुरुमा खेलमा सिमित दर्शकलाई मैदानमा जान दिइए पनि दर्शकको संख्या उल्लेख्य रह्यो। जब कोरानाका कारण दर्शकमाथि प्रतिबन्ध लाग्यो दर्शकहरु रुखमा चढे। त्रिवि मैदानमा दर्शकहरुले रुखमा चढेर क्रिकेट हेरेको विषयले अन्तर्राष्ट्रिय क्रिकेटमै चर्चा पाएको छ। र कोरोनाले प्रतिबन्ध लगाए पनि दर्शकले क्रिकेटको क्रेज भुल्न सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *