कुशल मल्लको नाममा डबल विश्वकीर्तिमान, तोडे फकर जमानको रेकर्ड

डिसी नेपाल
११ वैशाख २०७८ १९:१५
3.1k
Shares

काठमाडौं। शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अर्धशतक बनाउँदा नेपालका कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्। उनले पाकिस्तानी खेलाडी फकर जमानको विश्वकीर्तिमान तोडेर आफ्नो नाम लेखाएका हुन्।

उनले शनिबार नेदरल्याड्सविरुद्धको खेलमा २४ बलमा ५० रन बनाए। याे नेपालका लागि सबैभन्दा फास्ट अर्धशतक पनि हाे। टी ट्वान्टी इन्टरनेशनलमा अर्धशतक बनाउँदा उनको उमेर मात्र १७ वर्ष ५० दिनको भयो। उनले विश्वमा सबैभन्दा कान्छा खेलाडीले अधशर्तक बनाउने विश्वकीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान जमानको नाममा थियो। उनले १७ वर्ष ५२ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।

मल्लले यसअघि नेपालकै रोहित पौडेलको नाममा रहेको एकदिवसीय क्रिकेटमा सबैभन्दा कान्छा खेलाडीको अर्धशतकको विश्वकीर्तिमान पनि तोडेका थिए। टी ट्वान्टी र ओडीआई दुबैमा सबैभन्दा कान्छो उमेरमा अधर्शतक बनाउने खेलाडीको रेकर्ड कुशल मल्लको नाममा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *