भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी
काठमाडौं। नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन्। पाँच खेलमा चार अर्धशतकसहित कूल २७८ रन बनाएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन्।
प्लेयर अफ दि सिरिज हुनुभएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे। उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा शनिबार नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए। भुर्तेल एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन्। उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अधएशतक बनाउने कीर्तिमानसमेत बनाएका छन्।
यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बने। उनले सिरिजको पाँच खेलमा १३ विकेट लिए। टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनेका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment