कोलकातामाथि राजस्थानको सहज जित

डिसी नेपाल
११ वैशाख २०७८ २३:३४
40
Shares

काठमाडौं। मुम्बईको बांखडे मैदानमा पीचअनुसार रन बनाउन नसकेको कोलाकता नाइटराइडर्समाथि शनिबार भएको आईपीएलको खेलमा राजस्थान रोयल्सले सहज जित हात पारेको छ। ब्याट्सम्यानका लागि स्वर्ग मानिएको बांखडेमा पहिला ब्याटिंग गरेको कोलकाताले ९ विकेटमा १३३ रनमात्र बनाउन सकेको थियो।

जवाफी ब्याटिंग गरेको राजस्थानले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो। राजस्थानका लागि कप्तान सन्जु स्यामसनले ४२ रन बनाए। कोलकताका शिवम मावीले दुई विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकाताले शुरुदेखि नै खराब ब्याटिंग गरेको थियो। राजस्थानका क्रिस मोरिसले ४ विकेट लिएका थिए। उनले घातक बलिंग गरेपछि कोलकाताले चुनौतीपूर्ण स्कोर बनाउन सकेन। कोलकाताका लागि सर्वाधिक रन राहुल त्रिपाठीले ३६ रन बनाए।

जारी लिगमा ५ खेलमा राजस्थानको यो दोस्रो जित हो भने कोलकाताको चौथो हार हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *