अध्यक्ष कप राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

डिसी नेपाल
१२ वैशाख २०७८ १०:४७

काठमाडौं । भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिभागिय टोली एपीएफ च्यापियन बन्न सफल भएको छ । शनिवार भएको उपाधि भिड्न्तमा एपीएफले ३–० को सहज जित निकाल्ने क्रममा २५–१६, २५–२२ र २५–१४ को सोझो सेटमा न्यु डायमण्डलाई स्तब्ध बनायो । एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गदै स्पाईकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन् । कुल २६ अंकको योगदान दिएकी सरस्वतीको आफ्नो गल्तीका कारण ५ अंक बिपक्षी टिम न्य डायमण्डले प्राप्त गरेको थियो । एपीएफकै रेश्मा भण्डारी र पुजा चौधरीले सात सात अंकको योगदान दिएका थिईन । बेष्ट प्रशिक्षकको उपाधि जितेका एपीएफका प्रशिक्षक महेश चौधरीले भने– रिसिभ पुगे पछि हामी उत्कृष्ट खेल्छौं । खेलाडीहरुले रिसिभ र डिफेन्समा उत्कृष्ट खेले पछि खेललाई हामीले आफ्नो नियन्त्रणमा राख्न सक्यौं । न्यु डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई पराजयबाट बचाउन सकिनन् । प्रतिभाले स्पाईकमार्फत १८ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन् । प्रतिभाले १० अंक नेगेटिभ दिईन् । न्यु डायमण्डकी झरना श्रेष्ठ र बाल्मिका आचार्यले समान ६ अंकको योगदान दिएकी थिईन ।

उपाधि बिजेता एपीएफले नगद ३ लाख उपबिजेता न्पुडायमण्डले नगद २ लाख सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद २० हजार प्राप्त गरिन् । सरस्वतीलाई हिमालय सिमापार बार्णिज्य संघका अध्यक्षले सम्मान स्वरुप नगद ५० हजार प्रदान गरे । प्रतियोगिताको बिधागत पुरस्कारतर्फ आर्मीकी शान्ती थारुले बेष्ट स्पाईकर,आर्मीकै सुनिता खड्काले बेष्ट ब्लकरको उपाधि जितिन । न्यु डायमण्डकी प्रतिभा मालीले बेष्ट सर्भर, सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन । एपीएफकी बिनिता बुढाथोकी बेष्ट सेटर चुनिईन् । बिधागततर्फ उपाधि बिजेताले जनहि नगद ७ हजार प्राप्त गरे ।

प्रतियोगितामा न्यु डायमण्डको खेलबाट प्रभावित भएर सृजनशिल आमा समूहले नगद २५ हजार र रिवन ट्रान्सपोर्टले नगद २० हजार प्रशिक्षक कुमार राईलाई उपलब्ध गराएका थिए । तेश्रो स्थानको उपाधि भिड्न्तमा आर्मीले पुलिसलाई ३–० को सेटमा हरायो । रोमाञ्चक बनेको पहिलो सेटमा पुलिस २४–२३ को सेट प्वाईन्टमा पुगे पनि बचाउन सकेन् । आर्मीले लगातार ३ अंक जोड्दै २६–२४ ले जित्यो । पहिलो सेटबाट उत्साहित भएको आर्मीले दोश्रो र तेश्रो सेट क्रमशः २५–२१ र २५–२३ ले आफ्नो पक्षमा पा¥दै तेश्रो स्थानको उपाधि हात पारेको थियो । आर्मीको जितमा उच्च प्रदर्शन गरेकी शान्ती थारु प्लेयर अफ दि म्याच हुदै २ हजार रुपैयाँ हात पारिन् । आर्मीकी कप्तान समेत रहेकी सेटर कृपा अधिकारीले स्पाईकरलाई सन्तुलित रुपमा खेलाएकी थिईन् । आर्मीले दोश्रो सेटमा १५–१२ को अग्रता लिएको अवस्थामा सुनिता खड्का घाईते भएर कोर्ट बाहिरीएकी थिईन् । सुनिताको स्थानमा कोर्टमा प्रवेश गरेकी मनिसा खाँढले टिमको सन्तुलन बिग्रीन दिईनन् । तेश्रो सेटमा पुलिसले ११–६ को अग्रता लिए पछि आर्मीकी सुनिता पूनः कोर्टमा प्रवेश गरेकी थिईन् । आर्मीको जितमा शान्तीले स्पाईक मार्फत १८ र सर्बिस मार्फत १ अंकको योजदान दिएकी थिईन् । उनले ३ अंक आफ्नो गल्तीका कारण बिपक्षलाई दिएकी थिईन् । आर्मीकी साफिया पुनले पनि १९ अंकको योगदान दिएकी थिईन् । उनले स्पाईकमा १६ ब्लकमा १ र सर्भिसमा २ अंक हाँसिल गरेकी थिईन । साफियाको नगेटिभ पईन्टमार्फत पुलिसले ७ अंक प्राप्त गरेको थियो ।

पुलिसकी युवा स्टार स्पाईकर उषा भण्डारीले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकिनन् । उषाले सर्वाधिक १४ र कप्तान समेत रहेकी भेट्रान खेलाडी कोपीला उप्रेतीले ९ अंकको योगदान दिएकी थिए । आर्मीले नगद १ लाख र पुलिसले नगद ५० हजार प्राप्त गरे । बिजेतालाई भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल, बाह्बीस नगर पालिकाकी उपप्रमुख शुशिला पार्खिङ, ब्लकहर्षका डाईरेक्टर चिनवहादुर श्रेष्ठ, शिल्क ट्रान्सपोर्टलका बिजय शेर्पा, प्रतियोगिता संयोजक कुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *