पासाङ ल्हामु शेर्पा स्मृति भलिबल प्रतियोगिता सम्पन्न
काठमाडौं। राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार सम्पन्न प्रतियोगितामा तीन महिला टिम र सात पुरुष टिम सहभागी भएका थिए।
प्रतियोगितामा महिलातर्फ प्रथम महाकुलुङ गाउँपालिका, दोश्रो माप्य दुधकोशी गाउँपालिका, तेश्रो कोङ्दे युवा क्लब भएका छन्। त्यस्तै, पुरुषतर्फबाट प्रथम नौलेख युवा क्लब, दिश्रो आमा डब्लम युवा क्लब (पाङ्बोचे), तेस्रो कुसुम खाङकरु युवा क्लब (मुसे) भएका छन्।

प्रतियोगितामा महिला टिममा कोङ्दे युवा क्लब, माप्य दुधकोशी गाउँपालिका–३, महाकुलुङ रहेका थिए। त्यस्तै, पुरुष टिमतर्फ फरि युवा समूह (चौरीखर्क), नौलेख युवा क्लब (पैया), नौलेख युवा क्लब (रमाइलो टिम)–४, आमा डब्लम युवा क्लब (पाङ्बोचे), हिमालयन क्लब (लुक्ला), कुसुम खाङकरु युवा क्लब (मुसे), सुर्के युवा समूहको सहभागीता रहेको थियो।

प्रतियोगिता पासाङ ल्हामु शेर्पाको जन्मस्थल, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सुर्केमा भएको थियो। प्रतियोगिता गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुला महिला बिच भएको आयोजक समितिका संयोजक जाङबु शेर्पाले डिसी नेपाललाई जानकारी दिए।
उनका अनुसार प्रतियोगिताले पर्यटन प्रवद्र्धन, महिला सशक्तिकरण र समानताको आवाजलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार र ट्रफी दिइएको थियो। प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment