आइपिएलमा १ ओभरमा ३७ रन बन्यो, सबै बल छक्का हानेको भन्दा बढी !

डिसी नेपाल
१२ वैशाख २०७८ १७:४७

काठमाडौं। आइपिएलमा आज भएको चेन्नइ सुपरकिंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलमा अन्तिम ओभरमा मात्रै ३७ रन बनेको छ । यो १ ओभरका सबै बल छक्का हान्दा बन्ने रनभन्दा बढी हो । ओभरका सबै बल रविन्द्र जडेजाले खेलेका हुन् ।

अन्तिम ओभरमा हर्षल पटेलको बलमा जडेजाले पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का हाने । तेस्रो बल नो बल भइदियो त्यसैले उनले एक बल थप पाए । वैधानिक तेस्रो बल फ्रि हिट भइदियो । वैधानिक चौथो बलमा उनले २ रन लिए । त्यसपछि उनले पाँचौं बलमा छक्का र छैटौं बलमा चौका हाने । ५ छक्का, १ चौका, २ रन र नो बलको १ रन गरू ओभरमा कूल ३७ रन बन्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *