कोरोनाका कारण आईपीएलबाट बाहिरिए आश्विन

डिसी नेपाल
१३ वैशाख २०७८ १७:५९

नयाँदिल्ली । भारतीय क्रिकेटर रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।

आश्विनले गरेको ट्वीटमा “अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो” भनेका छन् ।

भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *