कोलकाताले दोस्रो जित हात पार्‍यो

डिसी नेपाल
१३ वैशाख २०७८ २३:३८

काठमाडौं। आईपीएलमा सोमबार कोलकाता नाइटराइडर्सले दोस्रो जित हात पारेको छ। सोमबार कोलकाताले पन्जाब किंग्सलाई ५ विकेटले पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गर्यो, अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकाताले १६.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा कोलकाताको सुरुवात अत्यन्त खराब रहेको थियो। ओपनर नितिश राना खाता नखोली पहिलो ओभरमा तथा शुबमन दिल ९ रन बनाएर दोस्रो ओभरमा आउट भए। तेस्रो ओभरमा सुनिल नारायण पनि खाता नखोली आउट भए। तर राहुल त्रिपाठी र कप्तान अयोन मोर्गनले उत्कृष्ट ब्याटिंग गरेपछि कोलकाताले सहज जित निकालेको हो।

जितपछि कोलकाता अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *