सोमबार गौरीफन्टा नाकाबाट भित्रिएका १०४ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१४ वैशाख २०७८ ६:२२
128
Shares

कैलाली। सोमबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका १०४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शङ्कास्पद् ६८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जनालाई कोरोना पुष्टि भएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए। सो नाका भएर सोमबार ७०० जना भित्रिएका थिए ।

गौरीफन्टा नाका भएर फर्किनेमध्ये हालसम्म १२ हजार ५३९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये एक हजार ३०८ जना सङ्क्रमित फेला परेका छन् । यसैबीच, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक ४८ वर्षीय पुरुष सङ्क्रमितको साेमबार निधन भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *