एनएसल फुटबलः धनगढीको पहिलो जित

डिसी नेपाल
१४ वैशाख २०७८ २०:४२

काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबल (एनएसएल)मा धनगढी एफसीले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो

दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे। यस्तै टंक बस्नेतले एक गोल गरे। काठमाडौंविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो।

खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाए। खेलको २३ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए।

पहिलो हाफको थप गरिएको समयमा ओलावाले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–० को अग्रता दिलाए। दर्शन गुरुङको क्रसमा ओलावालेले वन टच गोल गरेका थिए।

खेलमा धनगढीका ओलावाले प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे। प्रोमोसिङ प्लेयर अफ दि म्याच धनगढीकै पुजन उपरकोटी चुनिए। उनले १० हजार हजार प्राप्त गरे।

जितसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो। काठमाडौंको यो पहिलो हार हो। काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *