आइपिएलमा एबी डिभिलियर्सले बनाए विशाल रेकर्ड, तोड्न हुनेछ निकै कठिन

डिसी नेपाल
१५ वैशाख २०७८ १२:१२

काठमाडौं। इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरका दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिभिलियर्सले विशाल रेहर्ड बनाएका छन् । डिभिलियर्सले गएराती भएको खेलमा आइपिएल इतिहासमै सबैभन्दा कम बल खेलेर ५ हजार रन पूरा गरेका छन् । उनी १५० भन्दा माथिको स्ट्राइक रेटमा ५ हजार रन पूरा गर्ने एकमात्र खेलाडी बनेका छन् । डिभिलियर्स डेभिड वार्नरपछि ५ हजार रन पूरा गर्ने दोस्रो विदेशी ब्याट्सम्यान पनि बनेका छन् ।

३७ वर्षका डिभिलियर्सले गएराती दिल्ली क्यापिटल्सविरुद्ध यो कोसेढुङ्गा पार गरे । हिजो उनले ४२ बलमा नटआउट ७५ रन बनाए । डिभिलियर्सले आइपिएलमा ३ हजार २८८ बल खेलेर ५ हजार रन पूरा गरे । यसअघि सबैभन्दा छिटो ५ हजार रन पूरा गर्ने अस्ट्रेलियाका डेभिड वार्नरले ३ हजार ५५४ बल खेलेर ५ हजार रन पूरा गरेका थिए । डिभिलियर्सले १७५ खेलको १६१ इनिङमा ४१.०८ को औसतमा ५ हजार ५३ रन बनाएका छन् । यस क्रममा उनले ३ शतक र ४० अर्धशतक बनाएका छन् ।

डिभिलियर्स आइपिएलमा ५ हजार रन पूरा गर्ने छैटौं ब्याट्सम्यान हुन् । आइपिएलमा बैंगलोरका कप्तान विराट कोहलीले अहिलेसम्म सबैभन्दा धेरै रन बनाएका छन् । कोहलीले १९८ खेलका १९० इनिङमा ६ हजार ४१ रन बनाएका छन् । कोहलीले ३७.९९ को औसत र १३०.६१ को स्ट्राइक रेटमा यति रन बनाएका हुन् । कोहलीले ५ शतक र ४० अर्धशतक बनाएका छन् । सबैभन्दा पहिले ५ हजार रन पूरा गर्ने खेलाडी भने सुरेश रैना हुन् ।

आइपिएलमा सबैभन्दा छिटो ५ हजार रन पूरा गर्ने डिभिलियर्सले ३ हजार २८८ बलमा ५ हजार रन पूरा गरेका छन् । यो कोसेढुंगा पार गर्न डेभिड वार्नरले ३ हजार ५५४ बल खेले । यस्तै सुरेश रैनाले ३ हजार ६२०, रोहित शर्माले ३ हजार ८१७, विराट कोहलीले ३ हजार ८२७ र शिखर धवनले ३ हजार ९५६ बल खेलेर ५ हजार रन पूरा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *