गण्डकीमा सत्तासंघर्षः अविश्वास प्रस्तावमाथि मतदान हुँदै, आउन सक्छ अप्रत्याशित नतिजा
फाइल
काठमाडौं। एमाले नेता पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्ध गण्डकी प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तवमाथि मतदान हुँदैछ। अहिले केही समयपछि मतदान हुने तयारी छ। काँग्रेस, माओवादी र जनमोर्चाले अविश्वास प्रस्ताव सफल हुने विश्वासका साथ प्रस्ताव ल्याएका थिए।
तर जनमोर्चाका एकजना सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित भएपछि अविश्वासको प्रस्ताव असफल हुने देखिएको छ। यो प्रस्ताव असफल भए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने छ। काँग्रेस नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीको प्रस्ताव गर्दौ अविश्वास प्रस्ताव दर्ता भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment