हैदराावदमाथि सहज जितसँगै चेन्नई शीर्ष स्थानमा

डिसी नेपाल
१५ वैशाख २०७८ २३:२०
120
Shares

काठमाडौं। आईपीएलको बुधबार भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सहज जित निकालेको छ। टस जितेर पहिला ब्याटिंग गरेको हैदरावादले १७१ रन बनाएको थियो।

जवाफी ब्याटिंग गरेको चेन्नईले १९ औं ओभरमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो। ७ विकेटको जितसँगै चेन्नई १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उता ६ खेल मध्ये ५ खेलमा हार व्यहोरेको हैदरावादको प्लेअफ दौड कठिन भएको छ।

बुधबार दिल्लीको फिरोजशाह कोटला मैदानमा टस जित्ने टिमले पहिला बलिंग गर्ने अनुमान गरिएको थियो। तर, हैदरवादका कप्तान डेबिड वार्नरले पहिला ब्याटिंगको निर्णय लिए। वार्नरले स्लो ब्याटिंग गरेपछि हैदरावादले सुरक्षित स्कोर बनाउन सकेन। चेन्नईको जितमा फा डू प्लेसीले ५६ र ऋतुराज गायकवाडले ७५ रन बनाए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *