कोलकातामाथि दिल्लीको सहज जित

डिसी नेपाल
१६ वैशाख २०७८ २३:०६

काठमाडौं। पृथ्वी शँले विस्फोटक ब्याटिंग गरेपछि दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्समाथि सहज जित हात पारेको छ। टस हारेर पहिला ब्याटिंग गरेको कोलकाताले ६ विकेटमा १५४ रन बनाएको थियो।

जवाफी ब्याटिंग गरेको दिल्ली १७ औं ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। दिल्लीको जितमा पृथ्वी शँले ८२ रनको योगदान दिए। उनले खेलको पहिलो ओभरमै ६ चौका प्रहार गरेका थिए।

यस्तै अर्का ओपनर शिखर धवनले ४६ रनको यागदान दिए।

कोलकाताका लागि ३ विकेट पाट कमिंसले लिए।

यसअघि कोलकाताका लागि आन्द्रे रसेलले अन्तिममा विस्फोटक ब्याटिंग गर्दै ४५ रन बनाएका थिए। शुभमन गिलले ४३ रनको योगदान दिए। दिल्लीका लागि इशान्स शर्माले ३ विकेट लिएका थिए।

जितपछि दिल्लीको १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता हारपछि कोलकाताको प्लेअफ दौड मुस्किल भएको छ। उसले ७ खेलमा पाँच खेलमा हार व्यहोरेको छ। दिल्लीले भने ७ खेलमा पाँच जितेको छ।

शीर्ष तीन टिमको १० अंक छ। यी तीन टिमले बाँकी ३ खेल जिते प्ले अफमा प्रवेश गर्नेछन्। चेन्नई शीर्ष स्थानमा रहँदा बेंगलोर तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको मुम्बईको ६ अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *