हैदरावादले खोस्यो वार्नरको कप्तानी, विलियम्सन बने नयाँ कप्तान

डिसी नेपाल
१८ वैशाख २०७८ १८:०९

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टिम सनराइजर्स हैदरावादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । हैदरावादले शनिबार विलियम्सनलाई कप्तान चयन गरिएको जनाएको छ । विलियम्सन जारी सिजन भरका लागि कप्तान चयन भएका हुन् ।

हैदरावादले डेभिड वार्नरबाट कप्तानी खोस्दै विलियम्सनलाई जिम्मेवारी दिएको हो । यस सिजन हैदरावादले खराब प्रदर्शन गरिरहेको छ । हैदरावादले ६ खेलमा ५ हार व्यहोरेको छ । हैदरावाद १ खेलमा जितसहित २ अंक जोडेर पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *