दमाैलीकाे कारागारमा कैदीबन्दी भेटघाट बन्द

डिसी नेपाल
२० वैशाख २०७८ ६:३२
28
Shares

दमाैली । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ। तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो।

कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो। कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्ण रूपमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए।

“हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ”, उनले भने, “अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन्।” उनका अनुसार कारागारमा हाल दुई सय ६६ कैदीबन्दी छन्।

जिल्ला कारागारमा केही समयअगाडि मात्रै नयाँ भवन निर्माण सम्पन्न भएको थियो। नयाँ भवन निर्माण सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी राख्न सहज भए पनि समस्या भने उस्तै छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *