एमाले एकजुट बनाउन गण्डकी प्रदेशका सबै एमाले जिल्ला अध्यक्षहरुका अनुरोध
काठमाडौं। नेकपा एमालेमा बढ्दो विवादले पार्टी विभाजनकै अवस्था आएपछि गण्डकी प्रदेशका ११ जिल्लाका अध्यहरुले पार्टी एकताका लागि अनुरोध गरेका छन्।
११ जिल्ला अध्यक्षहरुले शुक्रबार सँयुक्त विज्ञप्ति जारी गर्दै पार्टी विभाजन रोक्न शीर्ष नेताहरुलाई आग्रह गरेका हुन्। उनीहरुले पार्टी भित्रको आन्तरिक अन्तरविरोधले पार्टीलाई क्षति भइरहेको उनीहरुले बताएका छन्।
उनीहरुले भनेका छन्, कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment