एनएसएल : विराटनगरलाई हराउँदै ललितपुर प्लेअफमा

डिसी नेपाल
२५ वैशाख २०७८ १८:०२

काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक एक गोल रह्यो ।

खेलमा ललितपुरका कप्तान अन्जन प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै डोना थापा चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *