कर्णालीमा २४६ जना कोरोना जितेर फिर्ता

डिसी नेपाल
२५ वैशाख २०७८ २१:५९

कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम(पश्चिम)बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रवीन खड्काले जानकारी दिए ।

यससँगै कर्णालीमा संक्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ । तीन हजार ८१८ संक्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *