पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मकः मन्त्री गुरुङ

डिसी नेपाल
९ जेठ २०७८ २३:२२
20
Shares

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रमण्डलले आज सिंहदरबारमा पत्रकारको निःशुल्क कोरोना उपचारको व्यवस्था मिलाउनलगायतका माग प्रस्तुत गरेपछि सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको बताउँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउने बताएका हुन् ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका ६०० पत्रकारलाई खोपको व्यवस्था मिलाउन र सङ्क्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा सञ्चार क्षेत्रलाई राहत प्याकेज दिन माग गरेका थिए ।

प्रतिष्ठान प्रदेशले कोरोनाबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग गर्नसमेत आग्रह गरेको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *