महिला सैनिकद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन
सल्यान। नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको छ।
सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलका नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोलि खटिएको थियो। जिल्लामा सङ्क्रमित मृतकका शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको गणले जनाएको छ।
गणपति कञ्चनकृष्ण बस्नेतले सैनिक नियम अनुसार शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरेको जानकारी दिए। सोही गणले शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ श्ययाको आइसोलेशन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment