थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।
गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको शाहीले बताए ।
सोमबार मात्रै वडा दुई थालीमा ४० देखि ५० जनाको औषधि उपचार गरीएको उनले बताए । कोरोनाको आशङ्कामा उक्त गाउँमा सात जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको शाहीले जानकारी दिए।
थाली गाउँमा देखिएको मौसमी रुघाखोकी नियन्त्रणका लागी स्वास्थ्यचौकीले माग गरेअनुसारको औषधि गाउँपालिकाबाट पठाएको स्वास्थ्य संयोजक बलिराज शाहीले बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment