वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : मन्त्री आले
फाइल
काठमाडौं । वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घको २६ औँ स्थापना दिवशका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा मन्त्री आलेले आलेले नेपालको वन संरक्षण तथा व्यवस्थापनमा महासङ्घले महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गरे । उनले भने, “महासङ्घले वन जोगाउन र संरक्षण गर्न खेलेको भूमिका प्रशंसनीय छ, उपभोक्ता तथा समुदायकै कारण अहिले नेपालमा वन जोगिएको हो ।”
मन्त्री आलेले ‘हरियो वन, नेपालको धन’ भन्ने नारा साकार पार्न सबैले वन क्षेत्रको संरक्षण तथा हरियाली बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय नेपालको सामुदायिक वन संरक्षणको अभ्यास विश्वभरि नै परिचित भएको भन्दै मन्त्री आलेले उक्त कुराले गर्वको अनुभति भएको उल्लेख गरे ।
No ads found for this position


Facebook Comment