युरोप–अमेरिकालाई उछिनेर ३० वर्ष अगाडि पुग्ने प्रविधि चीनले विकास गर्यो
काठमाडौं। चीनले युरोप–अमेरिकालाई उछिन्दै ती देशहरुभन्दा आफू ३० वर्षसम्म अगाडि पुग्ने प्रविधिको विकास गरेको छ । चीनले भविष्यमा उड्ने हाइपरसोनिक विमानहरुको परीक्षणको लागि हाइपरसोनिङ सुरुङ बनाउन थालेको छ । यो सुरुङमा विमानहरुको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १३ किलोमिटर प्रतिघण्टाको गतिमा गरिनेछ । चाइनिज एकेडेमी अफ साइन्सेजका शोधकर्ता हान गुइलइले यो जेएफ – २२ सुरुङमा विमानको परीक्षण ध्वनीको गतिको ३० गुणा अधिक गतिमा गरिने बताए ।
साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टअनुसार शोधकर्ता गुइलइले एक अनलाइन व्याख्यानमा भनेका छन् ‘यो शोधको साथमा चीन युरोप, अमेरिका जस्ता अरु शक्तिभन्दा लगभग २० देखि ३० वर्ष अगाडि हुनेछ ।’चीन, अमेरिका, रुसजस्ता देशले मिसाइलसहित हाइपरसोनिक प्रौद्योगिकीको विकासमा ठूलो लगानी गरेका छन् । यो नयाँ प्रविधिले यस्तो सुपरफास्ट जेट बनाउन सकिन्छ जसले पृथ्वीको कुनै पनि एक ठाउँबाट अर्को ठाउँसम्मको दूरी २ घण्टाभन्दा कम समयमा तय गर्न सक्छ ।
सजिलो शब्दमा भन्नुपर्दा यो प्रविधियुक्त जेटलाई पृथ्वीमा रहेका दुई स्थानहरु जतिसुकै टाढा भए पनि ती दुई स्थानबीचको दूरी पार गर्न २ घण्टा पनि समय लाग्ने छैन । सीधा बाटोबाट उड्ने हो भने यो विमानले १ घण्टामा पृथ्वीको ३ चक्कर लगाउन सक्छ । पृथ्वीको व्यास १२ हजार ७१४ किलोमिटर छ र यो विमानको गति एक घण्टामा ३७ हजार १३ किलोमिटर छ जुन पृथ्वीको व्यासको ३ गुणा हुन आउँछ ।
यो प्रविधिको विकासपछि अन्तरिक्षमा पठाइने यानको लागतमा पनि ९० प्रतिशत कटौती हुन सक्छ जसले आम सर्वसाधारणका लागि पनि अन्तरिक्ष यात्रा सम्भव हुन सक्नेछ । चीनको आइपरसोनिक एजेन्सी इन्स्टिच्युट अफ मेकानिक्समा काम गर्ने गुइलइका अनुसार यति तीब्र गतिमा यात्रा गर्ने जेटको तापक्रम १० हजार डिग्री सेल्सियरससम्म पुग्न सक्छ र यसले हावाका अणु र परमाणुलाई तोड्न सक्छ ।
उनले भने ‘यो हावा अब त्यो हावा होइन जुन हावामा हामीले सास फेर्छौं । हामी जुन उड्ने वाहनको अध्ययन गरिरहेका छौं त्यो हिलोमा पौडी खेल्नु जस्तै हो ।’ यो विंड टनलले चीनलाई प्रोद्यौगिकीको साथमा अघि बढ्न सहयोग गरेको छ । गुइलइका अनुसार चीनले यान्त्रिक कम्प्रेसरको प्रयोग गर्नुको सट्टा उच्च गति वायु प्रवाह उत्पन्न गर्नको लागि रासायनिक विष्फोटहरुको प्रयोग गरिरहेको छ । जेएफ–२२ मा इन्धन एक नियमित ग्यास चुलोको तुलनामा १०० मिलियन गुणा छिटो जल्छ र यसले जेटद्वारा हाइपरभेलोसिटीको अनुभव समान शकवेभ उत्पन्न गर्छ ।
लेन्स २ नाम दिइएको अमेरिकाको सबैभन्दा उन्नत हाइपरसोनिक सुरुङमा उडानहरु ३० मिलिसेकेण्डसम्म चल्छन् । यसको तुलनामा जेएफ–२२ को औसत उडान १३० मिलिसेकेण्डसम्म पुग्न सक्छ । गुइलइले भने ‘हाम्रो शोधको समय अन्य देशको तुलनामा धेरै लामो छ । त्यसैले विमानको मोडल पनि उनीहरुको भन्दा ठूलो हुन सक्छ र शोध पनि उनीहरुको तुलनामा अधिक उन्नत हुन सक्छ । यसले विश्वमा हाम्रो अग्रणी स्थितिलाई निर्धारित गर्छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment