खोप सहजताका लागि स्वयम सेवक परिचालन गर्ने युवा संघका अध्यक्षको भनाइ
पोखरा । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन स्वयंसेवक परिचालन गर्ने भएका छन्। युवा संघको गण्डकी प्रदेश कमिटीद्वारा विहीबार पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले जानकारी दिएका हुन्।
उनले तीन महिना भित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्धताको स्वागत गर्दै धन्यवाद समेत व्यक्त गरे। सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभावकारी बनाउन टोल–टोल तहसम्म हजारौं स्वयंसेवक परिचालन गर्ने पनि बताए। नेपालमा कोभिड १९ को संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम ,राहत तथा उद्धारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौं नेता कार्यकर्ता परिचालित रहेको दाबी गरेका छन्।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहलमा संकलन भएको उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर ,पिपिई, मास्क, ग्लोभ्स आदि गरी १० लाख रकम बाराबरको सामाग्रीहस्तान्तरण गरिएको आयोजकले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment