जनमोर्चा प्रदेशसभा सदस्यको पदबहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

डिसी नेपाल
२३ जेठ २०७८ १६:२४

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार चुँडालको एकल इजलासले आइतबार थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

थापाले राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको निर्णय उल्लंघन गर्दै प्रदेश सरकारमा एमालेका नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा अडान लिएपछि कारबाही गरेको थियो। पार्टीले उनलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा सभामुखले उनलाई पदमुक्त गरेका थिए।

उनी बागलुङबाट प्रत्येक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनको पदबहाली भएसँगै अप्ठ्यारोमा परेका गण्डकीका मुख्यमन्त्री गुरुङलाई सहज हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *