हावाहुरीका कारण मकै बालीमा क्षति

डिसी नेपाल
२४ जेठ २०७८ २२:०६
40
Shares

गण्डकी । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । आज दिउँसो ४ः३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए ।

आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पुर्‍याएको उनले बताए । मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो ४ बजे पछि हावा हुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि जोगाएर खान मुस्किल भएको बताउँछन् । हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पुर्‍याएको कृषकहरूको गुनासो छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *