समस्यामा रहेका चेपाङ समुदायलाई कोयोनद्वारा राहत वितरण

डिसी नेपाल
३१ जेठ २०७८ १६:३९
104
Shares

काठमाडौं। कोयोनले महामारीका कारण समस्यामा रहेका धादिङ जिल्लाका १८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्नसहित राहत वितरण गरेको छ। जिल्लाको रोराङ गाउँपालिका वडा नं. २ को आँपटार, दुव्लिङ, पार्लाङ, मासखर्क, कार्तिके, धुसेनि र भान्टाकिमा वसोवास गर्ने चेपाङ समुदायलाइ कोयोनले राहत वितरण गरेको हो।

 

कोरोना महामारीको समयमा राहत स्वरुप १८० बोरा चामल सहित दाल, चिउरा, नुन, तेल वितरण गरिएको संस्थाका अध्यक्ष्य दिनेश कुमार कँडेलले जानकारी दिए।

 

नेपाल हेल्फ आखन, जर्मनिको सहयोगमा को–अपरेटिभ युथ अर्गनाईजेसन नेपाल (कोयोन)द्वारा समस्यामा परेका चेपाङ वस्तीका मानिसहरुलाई राहत वितरण गरिएको हो।

खाद्यन्न प्राप्त गर्दै मासखर्क गाउँका अगुवा कृष्ण बहादुर चेपाङले हर्षित हुदै दातालाइ धन्यवादसंगै आशिर्वाद समेत दिएका थिए।

यसअघि पहिलो चरणको कोरोना महामारीको बेला कोयोनले रोराङ वेनिघाट गाउँपालिका वार्ड १, २ , ६, ७ र ८ का चेपाङ र तामाङ समुदायका बिद्यार्थी वालबच्चाहरुलाइ लुगाफाँटा वितरण गरेका थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *