रसुवाका पर्यटन मजदुरलाई खाद्यान्न वितरण

डिसी नेपाल
६ असार २०७८ २१:२०

काठमाडौं। रसुवामा पर्यटन मजदुरलाई खाद्यन्न वितरण गरिएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका वडा १ र ६ का पर्यटन मजदुरलाई स्वीट्जरल्याण्डको व्याकफाउ ट्राभल कम्पनीको सहयोगमा ट्रिप हिमालयद्वारा राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।

शुक्रवार कम्पनिका सञ्चालक र पदाकिरी सर्स्यु पुगेर १२८ वोरा चामल, ६४० केजि दाल, १२८ तेल , नुन र डिटोल साबुन प्रदान गरेका थिए। यसका साथै १३ घरपरिवारलाइ आर्थिक सहयोगको रुपमा नगद प्रदान गरिएको छ।

ट्रिप हिमालय नेपालको प्रवन्ध निर्देशक ठगेन्द्र गुरुङले कोरोना महामारीकमा यहाँका पर्यटन मजदुरहरु रोजगारविहीन भएकोले केही राहत स्वरुप खाद्यान्न वितरण गरेको बताए। ‘गत सालदेखि कोरोना संक्रमणले विश्वभर आक्रांत वनाएको छ। जसले गर्दा हाम्रो पर्यटन व्यवसाय पनि ठप्प हुन पुग्यो,’ उनले भने, ‘हाम्रा पर्यटन मजदुरहरु कामविहीन भए , त्यसैले स्वीट्जरल्याण्ड पार्टनर ट्राभल कम्पनीको सहयोगमा राहत वितरण गरेका हौं।’

व्याक फाउ ट्राभल कम्पनीका प्रवन्ध निर्देशक क्लाउडिया स्मिथले कोरोनाको बेला नेपालका पर्यटन मजदुरको अवस्थाबारे चासो राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *