पर्वतमा आमाको हत्या, बाबु पक्राउ, बालबालिकाको बिचल्ली

डिसी नेपाल
१० असार २०७८ ८:४९

पर्वत । जिल्लाको ५ जना बालबालिका संरक्षण विहिन भएका छन्। बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेपछि उनीहरूका बालबालिकाकाे बिचल्ली भएकाे हाे। बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन्।

सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए। घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ। अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दिएका थिए।

सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए। मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *