युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले बहराइनका लागि राजदूतमा सिफारि भएका युवराज कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ। स्नातक तह उत्र्तिण नगरेका कार्कीलाई राजदूत बनाउन सरकारले राजदूत नियुक्ती सम्बन्त्री निर्देशिका नै संशोधन गरेको थियो। सरकारले निर्देशिकामा मन्त्री भएका व्यक्तिहरुको हकमा स्नातक आवश्यक नपर्ने व्यवस्था गर्दै कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो।
यही विषयमा सर्वोच्चमा दायर रिटमाथि न्यायाधीश सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगनाकाे सँयुक्त इजलासमा भएको सुनुवाईमा सर्वोच्चले कार्कीलाई राजदूत नियुक्ती नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले यसअघि नै निर्देशिका संशोधन पनि अवैध ठहर गरेको थियो। कार्की एमालेका ओली पक्षीय नेतासमेत हुन्। उनी पूर्वमन्त्रीसमेत हुन्। एकजनाका लागि सरकारले निर्देशिका नै संशोधन गरेपछि त्यसको आलोचनासमेत भएको थियो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment