नेपाल र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर ऋण सम्बन्धी सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
१३ असार २०७८ १७:५६

काठमाडौं। नेपालले विश्व बैंकबाट १५ करोड ऋण लिने भएको छ। आइतबार नेपाल सरकार र विश्व बैंकबीच सो ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवम दिगो विकासका लागि सो ऋण परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।


यो ऋण सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनका क्षेत्रमा सुधार गरिने अर्थमन्त्रालयले जनाएको छ। सो सम्झौतामा हस्ताक्षरपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच अर्थ मन्त्रालयमा छलफल भएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *