भण्डारीको जन्मजयन्ती, बालुवाटारमा विशेष कार्यक्रम

डिसी नेपाल
१४ असार २०७८ ८:४८
68
Shares

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव  मदन भण्डारीको आज ७०औँ जन्मजयन्ती हो। मदन भण्डारी फाउण्डेसनले विभिन्न कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइँदै छ।

यस्तै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा विशेष कार्यक्रमको आयोजना गरेको छ, जुन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

२०५० सालको जेठ ३ गते महासचिव भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितले चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी ज्यान गुमाउनु पर्‍यो।

ताप्लेजुङको ढुंगेसाँघुमा २००९ सालमा जन्मिएका भण्डारी जनताको बहुदलीय जनवादका प्रवर्दक हुन्। उनले नेपाली कम्यूनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन विशेष योगदान दिएका छन्।

भण्डारी र आश्रितको दुर्घटना नभएर हत्या भन्दै श्रीमती राष्ट्रपति हुँदा र पार्टी सरकारमा हुदा पनि हत्यार पत्ता लाग्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *