प्रतिनिधिसभा बिघटन : विपक्षीको बहस आजदेखि

डिसी नेपाल
१४ असार २०७८ ९:३३

काठमाडौं।प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएको छ। प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो।

सो अवधिमा निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्। आइतबार मात्र १६ जना कानुन व्यवसायीले बहस गरे। अधिकांशका समय पाँच मिनेट तोकिएको थियो । सोमबारदेखि विपक्षीका तर्फबाट बहस सुरु हुनेछ । प्रारम्भमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ।

आजदेखि विपक्षीको बहस प्रारम्भ हुँदैछ। सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुनेछ। सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ । जसमा सरकारी वकिलसँगै प्रत्यार्थी तर्फबाट निजी कानुन व्यवसायीका लागि समय लागू हुनेछ।

यो पटक सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता बडालले गर्दै छन्। यस्तै पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै छन्। साथै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षामा आउनुनेछन्।

सभामुखका तर्फबाट यो पटक पाँच जना कानुन व्यवसायीले बहस गर्ने तय भएको छ। यसअघि पनि बहस गरेका श्यामकृष्ण खरेल, लवकुमार मैनाली र श्रीकृष्ण सुवेदीले निरन्तरता पाएक छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *