खुकुलो पार्दै एक हप्ता थपियो काठमाडौं उपत्यकाको निषेधाज्ञा

डिसी नेपाल
१४ असार २०७८ १३:१८

काठमाडौं। काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ। सोमबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थप गरेक हो।

बैठकले जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन गर्ने निर्णय गरेको छ। बिहान ६ देखि बेलुका ७ बजेसम्म सवारी चलाउन दिने बेठकले निर्णय गरेको हो।

बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन्। निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन्।

खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ। यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो। कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *