चर्चित पोर्नस्टारको कारमा लाश भेटियो, टाउकोमा गोली लागेको थियो

डिसी नेपाल
२ साउन २०७८ १४:५३

काठमाडौं। क्यान्सरजस्तो घातक रोगसँग जुधिरहेकी पोर्नस्टार डाहलिया स्काइको गोली लागेर सन्दिग्ध अवस्थामा मृत्यु भएको छ । ३१ वर्षकी पोर्नस्टारको शव कारमा भेटिएको थियो । उनको टाउकोमा गोली लागेको थियो । डेलीमेलका अनुसार डाहलिया स्काइ चौथो स्टेजको स्तन क्यान्सरसँग जुधिरहेकी थिइन् । यस क्रममा उनी डिप्रेसनको शिकार पनि भएकी थिइन् ।

एडल्ट भिडियो न्यूजका अनुसार स्काइले कारमा आफूलाई आफैंले गोली हानेको हुनसक्ने आशंकामा पुलिस उनको मृत्युलाई सम्भावित आत्महत्या मानेर जाँच गरिरहेको छ । उनको शव ३० जूनमा लस एन्जल्सको सेन फर्नान्डो घाटीमा एक कारमा भेटिएको थियो । एक स्थानीय मिडिया आउटलेटसँग कुरा गर्दै लस एन्जल्स पुलिस विभागका डिटेक्टिभ डेभ पेटेकले जाँच आत्महत्याको एंगलबाट भइरहेको बताए ।

उनको हत्या भएको वा अन्य केही गलत भएको हुन सक्ने कुनै पनि प्रमाण नभेटिएकोले आत्महत्या मानिएको उनले बताए । एडल्ट फिल्म निर्माता हंसले पनि स्काइको क्यान्सरसँगको लडाइँका विषयमा स्थानीय मिडियासँग कुरा गरे । उनले भने ‘बिरामीको क्रममा मैले उनीसँग कैयौं पटक जीवनबारे कुरा गरें । यो उनको लागि सजिलो थिएन ।’

स्काइले एडल्ट फिल्म करिअर २०१० मा सुरु गरेकी थिइन् । उनको खास नाम बेली ब्लु थियो । ४ वर्षपछि उनले आफ्नो नाम बदलेर डाहलिया स्काइ राखेकी थिइन् । उनी कैयौं वर्षदेखि क्यान्सरसँग जुधिरहेको मानिएको छ । उनले सामाजिक संजालमा पनि यसबारे बताएकी थिइन् । १ दशकको करिअरमा डाहलियाले ६ सय भन्दा धेरै एडल्ट फिल्ममा काम गरेकी थिइन् । उनलाई फिमेल पर्फर्मर अफ द इयरको अवार्ड पनि दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *