अमेरिकामा मंकीपक्स भाइरसबाट संक्रमित बिरामी भेटिए, कन्ट्याक्ट ट्रेसिङ सुरु

डिसी नेपाल
३ साउन २०७८ १३:५८

काठमाडौं। कोरोनाभाइरससँग जुधिरहेको अमेरिकामा अब दुर्लभ मंकीपक्स भाइरस आएको छ । टेक्सासमा यो भाइरसबाट संक्रमित एक बिरामी भेटिएका छन् । सेन्टर फर डिजिजज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार जुन व्यक्तिमा यो संक्रमण पाइएको हो ती व्यक्ति हालै नाइजेरिया गएर आएका थिए । बिरामीलाई डलासमा एक अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरुले विमानमा उनको साथमा आएका अरु मानिसहरुको खोजी गरिरहेका छन् । सीडीसीका अनुसार नाइजेरिया, बेलायत, इजरायल र सिंगापुरबाट फर्किएका ६ यात्रीमा पनि मंकीपक्सका केस भेटिएका छन् । जानकारीका अनुसार मंकीपक्सबाट मृत्यु हुने खतरा ११ प्रतिशतसम्म हुन्छ ।

मंकीपक्स अधिकांश मध्य र पश्चिम अफ्रिकाको दूरदराजका षेत्रमा हुन्छ । बाँदर, चमेरा, मुसासहित कैयौं जनावरमा यो भाइरस रहन्छ । यो भाइरस मानिसमा पनि फैलिन सक्छ । यसको संक्रमणपछि फ्लु जस्तो लक्षण र लिम्फनोड सुन्निने हुन्छ । अनुहार र शरीरमा ठूलो संख्यामा दाना देखिन्छन् । यो ड्रपलेट्सको माध्यमबाट अरुमा फैलिन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *