कुनै राष्ट्रपति लक्षित अभियानले व्यापार पुनः संरचना असंभव : डब्ल्यूटीओ

डिसी नेपाल
३ साउन २०७८ २१:३१
24
Shares

जेनेभा । चीनले अन्य अन्तर्राष्ट्रिय शक्तिको लक्ष सामना गर्नु नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा सहयोग गर्ने बढी सम्भावना रहेको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) महानिर्देशक नोगोजी ओकोन्जो–इभिलाले बताएकी छन् ।

पछिल्लो समय चीनको शक्तिशाली राज्यको स्वामित्वमा रहेका उद्यमहरूबारे संयुक्त राज्य अमेरिका, युरोपेली संघ र जापानले विश्व अर्थतन्त्र बिग्रेको भन्दै औद्योगिक छुटमा रोक लगाउन जोड गरिरहेका समय ओकोन्जी–इभिलाको यो भनाइ आएको हो ।

यद्यपि उनीहरूको प्रस्तावलाई चीनसहित डब्ल्यूटीओका १६४ सदस्यहरूको सर्वसम्मतिमा अनुमोदन चाहिन्छ । उनीहरूको तर्क पनि छ कि चीनले अब विकासोन्मुख देशहरूका लागि सहुलियतबाट फाइदा लिनु हुँदैन किनकि यो क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनिसकेको छ ।

युरोपेली संघले आयोजना गरेको सम्मेलनमा डब्ल्यूटीओका प्रमुखले भनिन्, “मैले चीनसँग गरेको सम्झौता एकदमै रचनात्मक भएको छ र मलाई लाग्छ कि यदि हामीले त्यस्ता औद्योगिक अनुदानबाट आएको नकारात्मक ‘स्पिलओभर’को बारेमा तथ्यलाई टेबुलमा राख्यौं र त्यसलाई चीनसँग बाँड्यौं भने उनीहरू त्यो हेर्न इच्छुक हुनेछन् ।”

उनले भने, “बेइजिङले उसका नीतिहरूले चीनको गतिविधिको गुनासो गरिरहेका धनी राष्ट्रहरूलाई असर गर्दै विकासशील देशहरूलाई पनि असर पार्नसक्ने यथार्थलाई पनि ख्याल गर्नुपर्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *