अमेरिकी सेनाको सबैभन्दा कडा तालिम पहिलोपटक महिलाले पूरा गरिन्

डिसी नेपाल
४ साउन २०७८ ९:५२

काठमाडौं। अमेरिकी सेनाको इतिहासमै पहिलो पटक कुनै महिला सेलरले स्पेसल वारफेयर कम्ब्याटेन्ट क्राफ्ट क्रुम्यान (एसडब्लुसीसी) बन्नको लागि नौसेनाको तालिम कोर्स पूरा गरेकी छिन् । यो कोर्सको तालिम ३७ हप्ताको हुन्छ । पेन्टागनको नीतिअनुसार यी महिला सेलरको नाम सार्वजनिक गरिएको छैन ।

अमेरिकी नौसेना अधिकारीहरुका अनुसार एसडब्लुसीसी कोर्स पूरा गर्ने टुकडीमा १७ स्नातक सहभागी थिए । यो कोर्स पूरा गर्नको लागि आवेदन दिनेमध्ये केवल ३५ प्रतिशतले मात्रै पूरा गर्न सक्छन् । बाँकी ६५ प्रतिशतले नसकेर यो कोर्स बीचमै छोड्छन् । युसएस नेवल स्पेसल वारफेयर कमाण्डका कमाण्डर रियर एडमिरल एचडब्लु हावर्डले भने ‘नेवल स्पेसल वारफेयर ट्रेनिङ पाइपलाइनबाट कोर्स गर्ने पहिलो महिला बन्नु एक असाधारण उपलब्धी हो । हामीलाई हाम्रो टिमका साथीहरुमा गर्व छ ।

न्यूयोर्क टाइम्सका अनुसार अहिलेसम्म कूल १८ महिलाहरुले एसडब्लुसीसी वा सील बन्नको लागि आवेदन दिएका छन् । तीमध्ये १४ जना कोर्स पूरा गर्न असमर्थ थिए । तीन जनाको प्रशिक्षण अहिले पनि चलिरहेको छ । यो कोर्समा आवेदकहरुलाई हतियारहरु र नेभिगेसनका विज्ञ बनाइन्छ । साथमा उनीहरुलाई यो पनि सिकाइन्छ कि मालवाहक विमानबाट उनीहरुले समुद्रमा आफ्नो स्पिडबोट कसरी खसाउने । प्यारासुटबाट हाम्फाल्ने प्रशिक्षण पनि यसमा हुन्छ ।

यो कोर्स पूरा गरेपछि नेवी सिल्सको ट्रेनिङ कार्यक्रमको लागि पनि एक बाटो खुल्छ ।२०१६ मा अमेरिकामा महिलाहरुलाई लडाकू भूमिकामा काम गर्न अनुमति दिइएको थियो । एसडब्लुसीसी कोर्सको समापन पनि ७२ घण्टाको हुन्छ । यसलाई टुर भनिन्छ । यसमा मानसिक र शारीरिक दुवै किसिमको परीक्षण हुन्छ । यस क्रममा चुनौतीपूर्ण माहोलमा २३ घण्टाको दौड र ५ माइल (८ किलोमिटर) पौडिएर पार गर्नुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *